जैमिनी नगरप्रमुखमा जनमोर्चाका पुन र उपप्रमुखमा कांगे्रसका शर्मा विजयी



बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा सत्तारुढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन् ।

पुनले आठ हजार ७५५ मत प्राप्त गरेका छन् । नगरप्रमुखका उम्मेदवार नेकपा (एमाले)का लीला रानाले दुई हजार ८७३ मत प्राप्त गरिन् । पुनले रानालाई पाँच हजार ८८२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।


नगरउपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हरिहर शर्माले विजयी भएका छन् । शर्माले नौ हजार १७३ मत प्राप्त गर्दा एमलेका उषा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरेकी छन् ।