जुम्लाको पातारासीमा कांग्रेस विजयी



जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हरिबहादुर बुढाले दुई हजार ६६८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी जनमाया रोकायाले दुई हजार ७५४ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति बुढाले दुई हजार ४६३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालय पातारासीले जनाएको छ ।


जिल्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाको अन्तिम मत परिमाण आउन बाँकी छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ ।