चाँगुनारायण वडा नं १ मा एमालेका उम्मेदवारलाई १२ मतको अन्तरले हराउँदै कांग्रेसको प्यानल विजयी



भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नं १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ ।

कार्कीले एक हजार २२५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी एमालेको ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेका थिए । कांग्रेसबाट विजयी हुने वडासदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा छन् ।