गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी



गाेरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे ।


विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए । गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।