गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा एमालेको अग्रता



काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो ।

एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहेका छन् । नेकपा (एकीकृत समाजवादी)का गोपाल बरालले २४६ मत पाएका छन् ।


यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, कांग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाएका छन् ।