गृहमन्त्री खाणद्वारा मुक्तिनाथ धाममा पुजाअर्चना



रूपन्देही । गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गरेका छन् ।

सो अवसरमा उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका थिए । गृहमन्त्री खाणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिएको गृहमन्त्रीका स्वकीयसचिव विजेश न्यौपानेले जानकारी दिए ।


गृहमन्त्री खाणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे पनि मुक्तिनाथधाम पुगेका थिए ।