गायिका अस्मिता अधिकारीलाई छिन्नलता गीत पुरस्कार



काठमाडाैँ । गायिका अस्मिता अधिकारी ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित हुने भएकी छन् । उनले छिन्नलता नव प्रतिभा पुरस्कार प्राप्त गर्न लागेकी हुन् । गीत संगीतका हस्तिहरुले प्राप्त गर्दै आएको यो पुरस्कार आफुले पनि प्राप्त गर्न लागेकोमा उनले सामाजिक संजाल मार्फत खुसी ब्यक्त गरेकी छन् ।

‘छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भए। नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत संगीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ। यो खुसीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार तथा कृतज्ञ प्रकट गर्न चाहान्छु,’ उनले फेसबुकमा लेखेकी छन्।