खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी



बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गरेका छन् ।


सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुईवडामा एमालेले जित हासिल गरेको छ । कांग्रेसबाट वडा नं १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीतबहादुर रावत र ६ मा हर्क विष्ट विजयी भएका छन् । त्यस्तै एमालेबाट वडा नं ४ मा दलबहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावतसहित सिङ्गो टिम विजयी भएको छ ।