कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता



ललितपुर । कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ । तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाएका छन् ।


हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा नं २ मा एमालेका रोहन लामा विजयी भएका छन् । हाल वडा नं ३ दलचोकीको गणना सुरु भएको छ ।