कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी



टीकापुर । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

अध्यक्षमा चित्रबहादुर चौधरी विजयी भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गरेका हुन् ।


उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भएकी छन् ।