कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी



भजनी । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले सात हजार १५१ मत प्राप्त गरी जित हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत तथा नेकपा (एमाले)का टङ्कबहादुर बमले चार हजार २४१ मत पाएका छन् ।


त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया छ हजार ५२६ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का जयप्रकाश दहितले चार हजार ५४८ मत प्राप्त गरिन् ।