कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका रावत निर्वाचित



कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन् ।रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसका गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले १२ हजार २७० मत प्रप्त गरेर विजयी हुँदा एमालेका करुण वम बटलाले छ हजार ९६३ प्राप्त गरे ।कैलालीका १३ वटा पालिकामध्ये घोडाघोडी नगरपालिकासहित आठ पालिकाको मतपरमाण सार्वजनिक भइसकेको छ ।