कालिका गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका देवकोटा निर्वाचित



रसुवा । स्थानीय तह निर्वाचनअन्तर्गत कालिका गाउँपालिकाको मत परिमाण घोषणा भएको छ । प्राप्त परिमाणअनुसार नेपाली कांग्रेसका उम्मेदवार हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेका छन् । अध्यक्ष पदका उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कमलनाथ आचार्यले दुई हजार २८२ मत प्राप्त गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार मिरा तामाङले दुई हजार ८१० मत प्राप्त गरी विजय भएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अम्बिका भट्ट पौडेलले दुई हजार दुई मत प्राप्त गरेकी थिइन् ।