काभ्रेको रोशीमा जिप र मिनिबस आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु



काभ्रे । काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा बसले जिपलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकेको मिनिबस र सिन्धुलीबाट काठमाडौं गइरहेको जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको हो ।

भारतीय पर्यटक बोकको मिनिबस र काठमाडौं गइरहेको ना १ ज ४२१० नम्बरको जिप आपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।


मृतक अन्दाजी ६/७ वर्षको बालकसहित अन्य मृतकको पहिचान खुलिनसकेको खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।