काठमाडौँ महानगर अपडेट : एक हजार ६७६ मतले बालेन्द्र अगाडि



काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ६७६ मतान्तरसहित अगाडि रहेका छन् ।

आज अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले तीन हजार ५३२ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले एक हजार ८५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ६६८ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले तीन हजार ३१७, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ९६२ र राप्रपाका बिनिता मगैयाले ७६२ मत प्राप्त गरेका छन् ।

कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ । महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।