काठमाडौँ महानगरमा वालेन्द्र साह स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि



काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले १० हजार ३१६ मतसहित अग्रता बढाएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारको तुलनामा झण्डै दोब्बर मतको अग्रता बनाएका हुन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ४९१ मत पाएका छन् । यस्तै काँग्रेसकी सिर्जना सिंहले ४ हजार ७७७ मत पाएकी छन् ।