काठमाडौँ महानगरमा मतान्तर बढाउँदै बालेन, केशव स्थापित पछ्याउँदै



काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले २०७१ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ११६४ मतका साथ पछ्याइ रहेका छन् ।


यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह १००६ मत ल्याएर तेस्रो स्थानमा छिन् ।