काठमाडौँ महानगरपालिका–२९ मा कांग्रेसका ढकालको प्यानलै विजय



काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् ।

ढकालले नेकपा(एमाले)का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय भएका हुन् । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गरेका छन् ।


त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।