काठमाडौँ महानगरपालिका–२८ मा कांग्रेसका खड्गीको प्यानलै विजयी



काठमाडाैँ । काठमाडौँ महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।

भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् । भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक हजार ७३ मत प्राप्त गरेका छन् ।


त्यसैगरी सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् । महिला सदस्यतर्फ कांग्रेसकी नीनाकुमारी खड्गी र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।