काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित, उपमेयरमा सुनिता डंगोल



काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् भने नेकपा एमालेका स्थापितले ३८ हजार ११७ मत पाएका छन् ।


त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरिन् । । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।