काठमाडौँ महानगरपालिकाको मेयरमा बालेनकाे फराकिलाे अग्रता



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् ।

जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन् ।


उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ ।

अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।