काठमाडौँ महानगरपालिकाकाे सुरुवाती मतगणनामा बालेनको अग्रता



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन् । महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।