काठमाडौँको मेयरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा झन्डै १७ सय मतले अगाडि



काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले ३ हजार ५३२ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १ हजार ८५६ मतका साथ पछ्याइ रहेका छन् ।


यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह १ हजार ६६८ मत ल्याएर तेस्रो स्थानमा छिन् ।