कांग्रेसले देशभर बहुमत ल्याउछ : महामन्त्री शर्मा



ओखलढुङ्गा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् ।

लिखु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन् । देशभरको जनलहर कांगेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गरे ।


देशभरका ७५३ स्थानीय तहमध्ये ६३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उनले बताए । बाँकी ११९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरुको साथ लिएको शर्माको भनाइ थियो । तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ ।

कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गरेका थिए ।