कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कांग्रेस विजयी



चन्द्राैटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेका हुन् । विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए ।


त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले पाँच हजार ६९१ मतसहित जित हासिल गरेकी छन् । कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले तीन/तीन, माओवादी र जसपाले दुई/दुई तथा राप्रपा र बहुजन शक्ति पार्टीले एक/एक वडा जितेका छन् ।