ओखलढुङ्गाको मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता



ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् ।

धारा चिन्हका रुम्दालीको २४२५ मत आउँदा एमालेका रुपलाल तामाङको १७७४ मत आएको छ । उपाध्यक्षमा कांग्रेसका आश्राचन राई अगाडि छन् । उनले २३७९ मत ल्याउँदा जसपाका दीपेन्द्र रुम्दालीले १०७५ मत ल्याएका छन् ।


मानेभन्ज्याङमा कांग्रेसले स्वतन्त्रलाई समर्थन गरेको थियो भने एमाले र जसपाले तालमेल गरेका थिए । नौ वडा रहेको मानेभन्ज्याङमा १, २, ८, ७ र ९ को मतगणना भइसकेको छ ।

मतगणनाको परिणाम अनुसार वडा नं २ मा एमालेको प्यानल र अन्य सबै वडामा कांग्रेसको प्यानल विजयी भएका छन् ।