एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ : अध्यक्ष ओली

wgu9L,@@j}zfv-/f;;_ M laxLaf/ s}nfnLsf] ab{uf]l/ofdf cfof]lht r'gfjL ;efnfO{ ;Daf]wg ug{'x'Fb} g]skf Pdfn]sf cWoIf tyf k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL .tl:j/ k|sfz ld>


धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताएका छन् ।

सो पार्टीद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए । उनले भने, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’’


सभामा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा बोलेका थिए । एमालेका अध्यक्ष ओलीले आजै कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा भएका चुनावीसभालाई पनि सम्बोधन गरेका छन् ।