आफन्तको खबरको पर्खाइमा पोखरा विमानस्थलमा यात्रुका आफन्त (फोटोफिचर)



पोखरा । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न मौसमको प्रतिकूलताले कठिनाइ भएको छ ।

बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकप्टर कोवाङमा अवतरण भएको र अर्को फिस्टेल एयरको हेलिकप्टर जोमसोम विमानस्थलमा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।


पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

यसैबीच, मुस्ताङको लेते क्षेत्रमा हराइरहेको तारा एयरमा सवार यात्रुका आफन्त पोखरा विमानस्थलमा आइपुगेका छन् । विमानस्थल परिसरमा आएका उनीहरु भावविह्ल देखिएका छन् ।