आजकाे माैसम : चट्याङ्गसहित हल्का वर्षाको सम्भावना



काठमाडाैँ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।  


आइतबार देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा  मेघ गर्जन / चट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।