अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी



अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

नगर प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरेकी छन् ।


विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार थिए । त्यसबेला उनी नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका हुन् ।

यस्तै उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छन् । आचार्यले नौ हजार ६४६ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट उम्मेदवार बन्नुभएका (माओवादी केन्द्र)का राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याएका छन् ।

यस्तै सन्धिखर्कमा वडा नं १, ३, ४, ५, ८, ११ र १२ मा कांग्रेस विजयी भएको छ भने वडा नं २, ६, ७ र ९ मा एमाले तथा वडा नं १० मा माओवादी केन्द्र विजयी भएको छ ।