हवाई भाडा बढ्यो, काठमाडौँ-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ



काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्  । सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । 

काठमाडौँ–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौँ–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौँ–पोखरा १६०, काठमाडौँ–भैरहवा २०५, काठमाडौँ–नेपालगञ्ज ३२५, काठमाडौँ–तुम्लिङटार १८५ र काठमाडौँ–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।


हेर्नुहोस् भाडादर सूचीः