सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्ट, होटलको शौचालय प्रयोग गर्ने काठमाडौँ महानगरको निर्णय 



काठमाडाैँ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ ।

काठमाडौंमा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै महानगरको आलोचना हुँदै आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहले यो समस्या समाधानका लागि निजी क्षेत्रसँग साझेदारी गर्ने प्रयास थालेका हुन् । 


यस्तै नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ ।

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने छ। खाल्डाखुल्डी तथा ढल निकासजस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव बैठकले अनुमोदन गरेको हो ।