सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा २ को मृत्यु, १३ घाइते



सल्यान । कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुसमा आउँदै गर्दा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट गाउँपालिकाको कार्यालयमा जाने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा कुमाख गाउँपालिका ४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।


करेन्ट लागेर सोही स्थानका १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका सबैलाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ।