सरकारको नीति तथा कार्यक्रम आज



काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले आज  आगामी आर्थिक वर्ष २०७९/८० का लागि  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।  


नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ । सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।