समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ : अध्यक्ष दाहाल



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गरेका छन् । श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताएका छन् ।