शपथ लगत्तै प्रधानसेनापतिसँग बालेनको भेटवार्ता



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर बालेनले प्रधानसेनापतिसँग भेट गरेका हुन् ।

भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे भने प्रधानसेनापति शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य समेत गरिने कुरा भएको बताइएको छ।