वैशाख ३० मा सत्ता गठबन्धनलाई ढाड नै भाँचिने खड्गो छ : केपी ओली



काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि सत्तागठबन्धन नरहने ज्योतिषहरूले बताएको दाबी गरेका छन् ।

आज एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनका क्रममा उनले राजनीति हेर्ने ज्योतिषी र ग्रह दशा हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएको उल्लेख गरेका छन् ।


‘ग्रहदशा र राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिले दुबै ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन् । यो ज्योतिषीहरूका कुरा हो । होइन भने प्रधानमन्त्रीज्यूले ठ्याक्कै ठ्याक्कै मिलाउने उहाँको ज्योतिषीलाई बोलाएर सोधे हुन्छ,’ ओलीले भने, ‘गठबन्धन रहन्छ र रहन्न भन्ने मेरो कुरा होइन । ज्योतिषीहरूका अनुसार गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० हो। यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ । कस्तो दिन छानेर राख्नुभएछ । वैशाख ३० मा उहाँहरूलाई हुनसम्म हुन्छ, ढाड नै भाँचिने गरी भन्ने ज्योतिषीहरूको कुरा, म ज्योतिषी होइन ।’