रोल्पामा माओवादी ७, कांग्रेस २ र एमाले एक पालिकामा विजयी



राेल्पा । रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी भएका छन् । थापाघर्तीले सात हजार ६३० ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत ल्याए । उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७१९ प्राप्त गरेकी छन् ।


थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर अध्यक्षमा र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भए । ऋषिकेशव दुई हजार १२२ मतसहित निर्वाचित भए भने उनका निकटम प्रतिद्वन्द्वी दर्जित रोकामगरले एक हजार ५०६ मत प्राप्त गरे । उपाध्यक्षमा शर्मिला बुढामगर दुई हजार १२२ मतले निर्वाचित भइन् ।

सुनिल स्मृति गाउँपालिकामा छ हजार ६२ मत ल्याई मणिराम बुढाथोकी विजयी भए । उपाध्यक्षमा मीना थापाले छ हजार ३७ मत ल्याएर निर्वाचित भइन् ।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर तीन हजार ४३९ मतका साथ विजयी भए भने उपाध्यक्षमा ननकला घर्ती मगर तीन हजार ४९२ मत प्राप्त गरी निर्वाचित भइन् ।

माडी गाउँपालिकामा अमरसिंह घर्ती तीन हजार ८३० मतसहित विजयी बने । उपाध्यक्षमा जयपुरी घर्ती तीन हजार ९६६ मत प्राप्त गरी निर्वाचित भइन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कणर्बहादुर बाँठामगर पाँच हजार ८५ मत लिई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुन चार हजार ४६३ मत ल्याएर पराजित भए । उपाध्यक्षमा कांग्रेसका लेखमणि खड्काले चार हजार ५७६ मत ल्याई विजयी भए ।

त्यसैगरी गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले अध्यक्षमा दुई हजार ५५७ मतका साथ अध्यक्ष पदमा निर्वाचित भए । उपाध्यक्षमा अमृता केसी वली दुई हजार ९०९ मतका साथ विजयी भइन् ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको एउटा पालिकामा खुम्चिएको कांग्रेसले यस पटक दुई पालिका जितेको छ । एमाले र माओवादीले जितेका पालिकामा यसपालि कांग्रेसले जित निकालेको हो ।

यसपटकको रुन्टीगढी गाउँपालिका एमालेले गुमाएको छ । माओवादी केन्द्र र समाजवादीले केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा एमाले, कांग्रेस, विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको थियो ।