यस्ता छन् नेपाल-भारतबीच भएका ६ सम्झौता



लुम्बिनी । नेपाल र भारतका प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र नरेन्द्र दामोदार दास मोदीको उपस्थितिमा दुई देशबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार शैक्षिक, साँस्कृतिक एवम् प्राविधिक विषयमा सहकार्य गर्नेसम्बन्धी बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतका प्रतिनिधि मण्डलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । 


यस्ता छन् सम्झौताहरू

१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता