मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडाैँ । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अदालतले सोमबार अनुमति दिएको हो ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई शनिबार पक्राउ गरेको थियो ।