भेटियो हराइरहेकाे तारा एयरको जहाज



काठमाडाैँ । नेपाली सेनाले हराइरहेको तारा एयरको जहाज फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

खोजी र उद्धार टोलीले जहाज रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।