बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी



राझाँ । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा कांग्रेसका नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका हुन् ।

चौधरीले ६ हजार २७२ मत तथा बानोले ५ हजार ८८४ मत ल्याए । चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भण्डारीलाल यादवले पाँच हजार १२५ मत तथा बाँनोका निकटतम प्रतिद्वन्द्वी तरुणनुम बानोले चार हजार ७५४ मत प्राप्त गरिन्।


यसैगरी खजुरा गाउँपालिकाको अण्ध्यक्षमा माओवादी केन्द्रका डम्बर विक र उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल विजयी भएका छन् ।