प्रधानमन्त्री देउवाकै वडामा हार्‍यो कांग्रेस, कांग्रेस बीपीका नरेश भण्डारी निर्वाचित



डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत वडा रहेको यहाँ कांग्रेस बीपीका नरेश भण्डारी प्यानलसहित विजयी भएका छन् । उनले ६७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाए ।


कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।