![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित भएकी छन् । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहेकी उनी छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी भएकी हुन् । उकान प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गरेकी छन् ।
उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित भएका छन् । पाँच हजार ८७३ मतसहित उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ । यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)