पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



सिन्धुपाल्चाेक । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनीहरु दुवै दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।


निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका नेकपा (माओवादी केन्द्र)का दोर्जे स्याङ्बोले चार हजार ४५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी गङ्गा चापागाईंले चार हजार ३९३ मत प्राप्त गरे ।

पालिकामा एमालेले छ, राप्रपाले एक र कांग्रेसले एक वडा जितेको छ । योसँगै सिन्धुपाल्चोकमा कांग्रेसले पाँच स्थानीय तह, माओवादी केन्द्रले चार र एमालेले तीन स्थानीय तहमा जितेका छन् ।