पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित



वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित २१ वर्षीय वशिष्ट गुप्ता निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भइन् । बशिष्ट ११७ मतले कांग्रेसका उम्मेदवार अजय पटेललाई पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ । वशिष्टले ३ हजार ७ सय ४३ मत ल्याएका छन् भने कांग्रेसका अजयले ३ हजार ६२६ मत प्राप्त गरेका छन् ।


कांग्रसकी राजमती जसपाकी उम्मेदवार सहानी खातुनलाई १ सय ११ मतले हराउँदै विजयी भएकी हुन् । राजमतीले ३ हजार ९८२ मत ल्याएकी छन् । जसपाकी खातुनले ३ हजार ८५९ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।