नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली

wgu9L,@@j}zfv-/f;;_ M laxLaf/ s}nfnLsf] ab{uf]l/ofdf cfof]lht r'gfjL ;efnfO{ ;Daf]wg ug{'x'Fb} g]skf Pdfn]sf cWoIf tyf k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL .tl:j/ k|sfz ld>


धनगढी । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् ।

कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे । विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए ।


आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे ।