नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालद्वारा मतदान



काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरे ।

उनले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरे ।


यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।