नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)



काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदस्यहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ ।


यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७९’’ पेश गर्ने छिन् ।

त्यस्तै, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘‘महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९’’ पेश गर्नुहुने कार्यतालिका रहेको महासचिव गौतमले जानकारी दिए ।