निर्वाचन आयोगले कांग्रेस नेतृ राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार नेतृ राणाले धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

कैलालीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएकाे थियाे ।